पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान सुरु

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि सदनको सत्र सुरु भएको छ ।
लामो समयदेखि जारी सत्ता हानाथाप पछि शनिवार प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्तावमाथि राष्ट्रिय सभामा भोटिङ्ग सुरु भएको हो ।
गत आइतवार उपसभामुख कासिम सूरीले अविश्वास प्रस्तावलाई खारेज गरेपछि विपक्षीले कारबाहीको माग गरका थिए । जसका कारण सभामुख असद कैसरले सदनको बैठक सञ्चालन गरिरहेको स्थानीय सञ्चारमाध्यमले जानाएको छ ।
त्यस्तै बुधवार पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रिय सभा विघठनको फैसलालाई उल्टाएको थियो ।
जहाँ प्रधानमन्त्री खानको प्रस्तावलाई विपक्षी दलले संविधानको धारा ५ अनुसार खारेज गर्न माग गरेका थिए ।
उता सदन विघठनको प्रस्ताव स्विकृत भएलगत्तै प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले राष्ट्रसभा विघठन गर्दै ९० दिन भित्र नयाँ निर्वाचन गराउने उल्लेख गरिएको थियो । तर, सर्वोच्चले प्रधानमन्त्री खानको विपक्षमा निर्णय गरेपछि सदन पुनस् सञ्चालनमा आएको हो ।
यता शुक्रवार प्रधानमन्त्री खानले देशका जनतालाई सम्बोधन गर्दै विदेशी शक्तिसँगको साठगाँठमा विपक्षले आफूमाथि साजिस गरेको बताएका थिए ।