जिल्ला युवा संजाल धनुषाको अध्यक्षमा साह

जनकपुरधाम । जिल्ला युवा संजाल धनुषाको अध्यक्षमा कुलदिप साह सर्वसम्मत चयन भएका छन् ।

अधिवक्ता राज कुमार महासेठको प्रमुख आतिथ्यतामा आयोजित संजालको विशेष साधारण सभाबाट संजालको १० सदस्यीय समिति पुर्नगठन गरिएको छ ।

संजालको उपाध्यक्षमा देव महतो, महासचिवमा ओम प्रकाश मण्डल, सचिवमा आनन्द सहनीलाई सर्वसम्मत चयन गरिएको छ ।

शनिवार सम्पन्न अधिवेशनबाट कोषाध्यक्षमा खुश्वु साहलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा बुधेश्वर रजक, बजरंग शर्मा, सिमा यादव, ईन्द्रभुषण यादव र आशा कुमारी मण्डल(प्रतिभा) लाई चयन गरिएको छ ।

कार्यक्रममा विशेष अतिथिका रुपमा अशोक साह, अतिथि नविन मल्लीक र गायत्री मिश्रको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
नागरिक मिरर