ओरेक नेपालले गरे ६ दललाई माग पत्र हस्तान्तरण

जनकपुरधाम । नजिकिँदै गएको स्थानीय निकायको निर्वाचनलाई केन्द«बिन्दु बनाउदै ओरेक नेपालले ६ दललाई माग पत्र हस्तान्तरण गरेको छ ।

ओरेक नेपालको राष्ट्रिय अभियान अन्तर्गत महिलाको समानुपातिक समावेशी अधिकार सुनिश्चिताको माग राख्दै दलहरुलाई पत्र हस्तान्तरण गरिएको हो । धनुषामा एक कार्यक्रमको आयोजना गर्दै ६ दलका नेताहरुको उपस्थितीमा नेताहरुलाई माग पत्र हस्तान्तरणसँगै प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराएको ओरेक धनुषाकी जिल्ला संयोजक रोजलिन सिंह बच्छारले बताइन् ।

ओरेक नेपालको पहलमा अन्तर महिला पार्टी सञ्जाल, निल हिरा समाज र उन्नत नेपालको सहकार्यमा आयोजित कार्यक्रममा ६ प्रमुख दलका नेताहरुको उपस्तिति रहेको थियो ।

लोसपाका प्रमुख सचेतक प्रमेश्वर साह, एमालेबाट धनुषा जिल्ला महासचिव श्याम पुर्वे, कांग्रेसका जिल्ला उपसचिव गणेश झा, माओवादी केन्द्रका चन्द्र शेखर साह, नेकपा समाजवादीबाट जिल्ला सदस्य सुरेन्द« राय, जसपाका अम्भु प्रसाद साहको उपस्थिती रहेको जिल्ला संयोजक बच्छारले जानकारी दिइन् ।

त्यस्तै कार्यक्रममा ९ बँुदे माग पत्र प्रस्तुत गर्दै महिला र महिला भित्रको विवधतालाई स्वीकार गरी अर्थपुर्ण समावेशी सहभागितामुलक व्यवस्था गरि विधानमा व्यवस्थासँगै कार्यान्वयन गर्न माग गरिएको छ । साथै आउँदै गरेको स्थानीय निकायको निर्वाचनमा महिलाको नेतृत्वदायी भुमिकाको विनाशर्त सुनिश्चिता गर्न उल्लेख गरिएको छ ।

उपस्थित नेताहरु मध्ये लोसपाका प्रमुख सचेतक प्रमेश्वर साहले आफु र आफ्नो पार्टी बैचारीक हिसावमा महिलाको समावेशी प्रतिनिधित्वको लागि अग्रसर रहेको उल्लेख गरे । उनले भने, ‘महिलाको हक र हितको लागि आन्दोलन गर्ने हामिहरु नै भएकोले महिला सहभागितमा सचेत छौँ ।’

त्यस्तै उद्योग बाणिज्य महासंघका अम्भु प्रसाद साहले राजनीतिमा महिलाको कार्ड फल्ने तर अधिकार र भूमिकाको बेला नदिने प्रवृतिले गर्दा समस्या खडा भइरहेको जोड दिए ।

यता सत्तासाझेदार तथा नेपाली कांग्रेसका धनुषा जिल्ला उपसभापति गणेश शाहले कांग्रेस नै महिला तथा समावेशी आन्दोलन गर्ने प्रमुख पार्टी भएकोले महिला सहभागितको सवालमा सकारात्मक रहेको टिप्पणी गरेका थिए ।

त्यसैबीच कार्यक्रममा बोल्दै नेताहरुले यस निर्वाचनमा महिलाको सहभागितामुलक हकको लागि सकारात्मक रहेको प्रतिबद्धता गर्दै पार्टी पंक्तिमा समेत पैरवि गर्ने टिप्पणी गरेका हुन ।

कार्यक्रममा महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, पार्टीका महिला सदस्य तथा नेताहरुको उपस्थितीसंगै युवा महिलाहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
नागरिक मिरर