भरतपुरका ५० कांग्रेसी नेताले छाडे कांग्रेस

चितवन । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना काँग्रेसी नेता तथा कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उम्मेद्वार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका काँग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् ।

स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनिहरुले काँग्रेस माओवादीकरण भएको आरोप लगाएका छन् ।

काँग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए । त्यस्तै राजिनामा दिनेमा पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएका हुन् ।

पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत बताउँदै उनिहरुले पार्टी छाडेका हुन्

प्रतिक्रिया
नागरिक मिरर