आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नगर्ने

काठमाडौं । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ ।

अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो ।

मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट हुने र उनीहरुले मतदातालाई प्रभाव पार्न सक्ने भएकाले पनि यस वर्ष घरदैलो अभियान नगर्ने निष्कर्षमा आयोग पुगेको हो ।

आयोगले मतदान स्थलमै सूचना केन्द्र स्थापना गरी दुई दिन भोट हाल्ने तरिका सिकाइने बताएको छ ।

मतदाता शिक्षाको क्रममा मतदाताहरुलाई बदर नहुने गरी मतदान कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । त्यसका लागि नमूना मतपत्र प्रकाशित गरी आयोगले स्वयंसेवकहरु परिचालन गरी भोट हाल्ने तरिका सिकाउँथ्यो ।

यो काममा आयोगले लाखौं बजेट खर्च गरे पनि मत बदर हुन नरोकिएको र मतदाता शिक्षाका लागि खटिएका स्वयंसेवकहरु निष्पक्ष नभएको गुनासो आउने गरेको थियो ।

प्रतिक्रिया