बक्सअफिसमा ‘ए मेरो हजुर ४’ को उत्साहजनक सुरुवात,तीन दिनमै २.४३ करोड कलेक्सन

काठमाडौं । ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ कलेक्सन गरेको छ ।

अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्‍यो । चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान छ ।

३ करोड लगानी बताइएको यो लभस्टोरी फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

नयाँ वर्षको अवसरमा भारतीय फिल्म ‘केजीएफ स् च्याप्टर २’ संगै ए मेरो हजुर ४ प्रदशनमा आएको थियो ।

प्रतिक्रिया