मेलम्चीको पानी आजदेखि वाग्मती नदीमा बगाइने

काठमाडौं । मेलम्ची खोलाको पानी आजदेखि वाग्मती नदीमा बगाइने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि गएको चैत २९ गते सुरुङमा पठाइएको पानी आजदेखि वाग्मती नदीमा बगाइने जनाएको हो ।

समितिले सूचना निकालेर आजदेखि मेलम्चीको पानी वाग्मतीमा पठाइने भन्दै वाग्मती किनारमा बस्नेहरूलाई सावधान रहन समेत अनुरोध गरेको छ ।

समितिले निकालेको सूचनामा सुन्दरीजलदेखि तल वाग्मती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन भनिएको छ ।

प्रतिक्रिया