सुनको मूल्य प्रतितोला १५०० ले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । तोलाको ३५ रुपैयाँले घटेर चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । हिजो बिहीबार १४ सय २० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया