ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विष्फोट,१ जनाको मृत्यु

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । १ जना घाइतेको अवस्था गम्भीर रहेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आफु घटनास्थलमा पुगेको र विष्फोट हेर्दा निकै शक्तिशालीका साथ भएको अनुमान गर्न सक्ने बताए ।

विष्फोटमा घाइते भएकाहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर अस्पतालमा पठाएको उनले बताए । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उपाध्यायसहित नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली पुगेको छ ।

घटनाको विस्तुत अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया