सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा ज्यान गुमाउनेको पहिचान खुल्यो

काठमाडौं । ललितपुर महानगरपालिकास्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्रा. लि. मा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जना कामदारको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त प्लान्टमा काम गर्ने कामदारहरूमध्ये भारतको पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाउँ बस्ने ४५ वर्षीय वृज महतोको मृत्यु भएको छ । त्यस्तै भारतकै २५ वर्षीय राज कुमार महतो गम्भीर घाइते रहेका छन् । उनको लगनखेल स्थित पाटन अस्पताल उपचार भइरहेको छ ।

त्यस्तै काठमाडौँको चन्द्रागिरि बस्ने ४९ वर्षीय गङ्गाराज शर्माको ग्वार्को स्थित बी एण्डी बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये रमेश अधिकारी, दुर्गा पुरी, सुदीप तिमिल्सेना, अञ्जना पौडेल, गङ्गाराज शर्मा, ईश्वर बजगाई उपचार पश्चात् डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया