मधेश प्रदेशकी सांसद डिम्पल झाको निधन

जनकपुर । मधेश प्रदेशका सांसद डिम्पल झाको निधन भएको छ ।

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट २०७४ चुनावमा रौतहटबाट समानुपातिक तर्फ जितेकी सांसद झाको ४० वर्षको उमेरमा गयराति निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

विगत २ वर्षदेखि रक्त क्यान्सरबाट पीडित सांसद झा पूर्व मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री हुन् भने रौतहटबाट प्रतिनिधिसभामा निर्वाचित सांसद अनिल कुमार झाका पत्नी पनि हुन् ।

हाल लोकतान्त्रिक समाजवादी पार्टीमा रहेकी सांसद झाको रौतहटस्थित आफ्नै निवासमा निधन भएको बताइएको छ ।

सांसद झा पूर्व संविधानसभा सदस्य समेत हुन् । उनका १ छोरा र एक छोरी छन् । तर, छोरीको केही वर्ष अघि मात्रै निधन भएको हो ।

सांसद झाको आजै अन्त्येष्ठि गरिने छ ।

प्रतिक्रिया