काठमाडौंमा आजदेखि मेलम्चीको पानी वितरण सुरु
काठमाडौं । काठमाडौंमा आजदेखि मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको काम पुनः सुरु भएको छ । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजबाट मेलम्चीको पानी वितरण सुरु गरिएको हो ।
खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी आज बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रमा पुगेर पानी वितरणको काम शुभारम्भ गरे ।
२०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा सार्वजनिक धाराबाट मेलम्चीको पानी वितरणको थालनी गरेकी थिइन् । तर पर्याप्त तयारी नभएको कारण वितरण प्रभावित भएको थियो ।
त्यस्तै गत असार महिनामा आएको बाढी र पहिरोले मेलम्चीको मुहानमै क्षति पुर्याएपछि पानी वितरणको काम पूर्णरुपमा रोकिएको थियो ।
खानेपानी मन्त्रालयले आयोजनाको मर्मत र सफाइको काम सम्पन्न गरेर २०७८ चैत मसान्तबाट काठमाडौंतर्फ पानी पथान्तरणको काम सुरु गरेको थियो ।
प्रतिक्रिया