पार्टीले टिकट नदिएपछि गणेशमान चारनाथका पूर्व मेयर यादव प्यानसहित लोसपामा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका पूर्व मेयर रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जसपाबाट निर्वाचित उनी पार्टीबाट टिकट नपाएपछि लोसपामा प्रवेश गरेका हुन् ।

टिकटकै लागि पार्टी कार्यालयमा बसेको बैठकमा टिकट नपाएपछि झडप भएको थियो ।

झडप भएको केही बेरमै उनीसहितका समर्थकहरू पार्टी कार्यालयबाट निस्केर लोसपामा प्रवेश गरेका हुन् ।

उनलाई लोसपाले पालिकाका लागि मेयरको टिकट दिने भएपछि जसपा परित्याग गरी लोसपामा प्रवेश गरेको बताएका छन् ।

यादवसहित करिब २ सय ५० जना लोसपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: