क्षीरेश्वरनाथमा काँग्रेसबाट वागी सितेश झाले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काँग्रेसबाट वागी वडा नम्बर ५ को वडाअध्यक्षका लागि आईतबार सितेश कुमरा झाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

झाको उम्मेदवारी दर्तामा समर्थकमा सुवोध पूर्वे र प्रस्तावकमा सुनिल यादव बसेका छन् । उनले दिनको २ बजे १ नम्बरमा उम्मेदवारी दर्ता गराएको क्षीरेश्वरनाथ नगरपालिकाको निर्वाचन अधिकृत विकास बस्नेतले जनाएका छन् ।

बस्नेतक अनुसार अहिले ३ः१० बजेसमम ६ जनाले उम्मेदवारी दर्ता गरीसकेको बताए ।

वडाध्यक्षको लागि झाले २ जना खुला र २ जना महिला सदस्यसहित प्यानलमै उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै वडा नम्बर ९ को वडाध्यक्षको लागि पनि १ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

वडाध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका झा नेपाली काँग्रसबाट बागाी भई उम्मेदवारी दिएका हुन् ।

निर्वाचन कार्यक्रम अनुसार, आगामी ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता गर्ने मिति तोकेको छ ।

यसका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सकिने छ ।

सरकारले आगामी ३० वैशाखमा स्थानीय चुनाव गर्ने घोषणा गरेको हो । त्यसका लागि निर्वाचन आयोगले तयारी गरिरहेको छ ।

आयोगले १२ वैशाख साँझ ५ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ भने भोलिपल्ट उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकेको हो ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: