कैलालीको मुक्त कमैया शिविरमा आगलागी,दर्जन बढी घर जलेर नष्ट

कैलाली । कैलालीको मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आइतबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि हावाहुरी चलेका कारण समस्या भएको छ ।

करिब ८० वटा घर रहेको उक्त शिविरका दर्जन बढी घर जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिबारे यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया