निर्वाचन अपडेट : ७१ हजार २३७ जनाले बुझाए स्थानीय तहमा उम्मेदवारी

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि ७१ हजार बढीले उम्मेदवारी दिएका छन्। 

निर्वाचन आयोगका अनुसार सोमबार राति साढे ७ बजेसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दिएका छन्।

प्रमुखमा २११८, अध्यक्षमा २२२१, उपप्रमुखमा१३१८, उपाध्यक्षमा १५४४, वडाध्यक्षमा १७७०१, महिला सदस्यमा ११६५५, दलित महिला सदस्यमा १०३७१ र सदस्यमा २४३०९ जनाले उम्मेदवारी दिएका हुन्।

१ नम्बर प्रदेशमा १२९९५, मधेश प्रदेशमा १६७४१, बागमती प्रदेश ११४०२, गण्डकी ५६१२, लुम्बिनी प्रदेशमा १३०९५, कर्णाली प्रदेशमा ५५४५ र सूदुरपश्चिम प्रदेशमा ५८४७ जनाले उम्मेदवारी दिएका हुन्।

आयोगले उम्मेदवारी दिन दुई दिनको समय तोकेको थियो। आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको उम्मेदवारी दिन समय तोकेको थियो। तर, सोमबार राति भइसक्दा पनि उम्मेदवारी दिन सकेको छैन। जसले गर्दा आयोगको निर्वाचन तालिकामा समेत असर पर्ने देखिएको छ।

आयोगले आजै मनोनयन पत्र दर्ता भएकाको नामावली सूची सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, अबेर रातिसम्मै उम्मेदवारी दर्ता गर्न आएकोले आयोगले रातभर भएपनि मनोनयन दर्ता गर्ने बताएको हो ।

वैशाख १३ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। वैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ। १५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । 

१६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ। 

त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।  १७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ। 

वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: