पार्टीले टिकट नदिए पछि विमलेन्द्र निधिका भाईले स्वतन्त्र रुपमा दिए उम्मेदवारी

जनकपुर । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिका भाईले धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेता निधिका काकाको छोरा सतेन्द्र निधिले नगराईन नगरपालिका २ मा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली काँग्रेसले टिकट नदिए पछि उनले स्वतन्त्रमा उम्मेदवारी दिएको बताएका छन् ।

नागरिक मिररसँगको विशेष कुराकानीमा उनले जन्मैदेखि पार्टीप्रतिको आस्था, सुरुदेखि नै सक्रिय भएर लागेपनि पार्टीले मूल्याङ्कन नगरेपछि स्वतन्त्रमा उम्मेदवारी दिएको बताए ।

काँग्रेसले वडा नम्बर २ वडाध्यक्षमा देव नारायण यादवलाई उम्मेदवार बनाएको छ ।

नेता निधिको जन्मस्थल नगराईन नगरपालिकामै भाईले स्वतन्त्र उम्मेदवारी दिँदा त्यसले सबैको ध्यान तानेको छ ।

हालसम्म सतेन्द्र निधिको चुनाव चिह्न भने खुलाइएको छैन ।

प्रतिक्रिया