सरकारले लगायो १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज

काठमाडौं । रकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।

३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकल, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु, हिरा, सबै प्रकारका खेलौना तथा खेल्ने तास नेपाल ल्याउन पाइने छैन ।

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ ।

बन्देज लगाइएको सामानहरु

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य बस्तु ९कच्चा पदार्थ ल्याउन भने छुट छ०

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७. जीप, कार र भ्यानहरु ९एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने०

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

प्रतिक्रिया