चुनाव आयो – कविता

चुनाव आयो,
भोट चाहियो भन्छ नेता
भोट दिएर के पाउँछु भन्छ जनता
कसैले भन्छ काम गरेर देखाउँछु
कसैले भन्छ साठगाँठ मिलाउँछु ।

चुनाव आयो,

विद्वत वर्ग भन्छन दिनुपर्छ चुनावी शिक्षा
जनता भन्छन कसैले केहि गर्दैनन् छैन अपेक्षा
सबैले बुझ्दैनन् भोट अधिकार हो
यहि नै देश विकास गर्ने आधार हो ।

चुनावले के ल्यायाे ?

चुनाव आउँछ जान्छ हुदैन केहि
बन्छ सडक भत्किन्छ बाटो थाहै नपाई
चल्दैन सरकारी अड्डा घुसै नखाई ।

लेखक : गिता दृष्टि

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: