लोसपाकाे घाेषणापत्र : महिलालाई शिक्षा, स्वास्थ्य र यातायात नि:शुल्क (पूर्णपाठसहित)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषण पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, स्वास्थ्य उपचार निःशुल्क गर्ने लगायको व्यवस्था गरिएको छ । यद्यपि घोषण पत्र सार्वजनिक गर्नु आफ्नो बाध्यता भएको वरिष्ठ नेता महतोले बताएका छन् ।

आफूहरु स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने पक्षमा रहेको उनको भनाइ छ । महतोले आजको घोषणा पत्र पार्टीको एउटा निर्देशन मात्रै भएको र स्थानीय पालिकाले आफ्नो छुट्टै घोषणा पत्र सार्वजनिक गर्ने बताएका छन् ।

पूर्णपाठसहित

https://drive.google.com/file/d/1QNsDpxoiIIifDgxR-DcH1sx4ORmgj9eu/view

प्रतिक्रिया
नागरिक मिरर