अभिनेता भुवन केसी सहित श्वेता खड्का र रबिन्द्र खड्का कांग्रेस प्रवेश

काठमाडौं। अभिनेता भुवन केसी कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहानै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै कांग्रेस प्रवेश गरेका हुन् । भुवन केसीसँगै मंगलबार श्वेता खड्का र रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका थिए ।

स्थानीय चुनावको घोषणा भएसँगै भुवन केसी राप्रपा जाने हल्ला चलेको थियो । पछि उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रुपमा उठाउन लागेको घोषणा नै गरेको थियो । पछि भुवन केसीले आफू त्यो पार्टीबाट उठ्न लागेको कुरा निराधार रहेको बताएका थिए ।

७० सालको चुनाव ताका भुवन केसी एमाले प्रवेश गरेका थिए । त्यहाँबाट संसदीय चुनावमा सिफारिस भए पनि विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो ।

प्रतिक्रिया