काठमाडौंमा रातिदेखि वर्षा : पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने अनुमान

काठमाडौं । काठमाडौंमा गएरातिदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

महाशाखाले देशका पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

राति पनि मौसममा बदली रही देशका विभिन्न स्थानमा वर्षा हुने अनुमान छ भने वाग्मती प्रदेशसहित मुलुकका विभिन्न भागमा चट्याङसहित वर्षा हुने मौसम विभागको पूर्वानुमान छ ।

प्रतिक्रिया