कक्षा १२ को परीक्षा केन्द्र निर्धारण

काठमाडौं । कक्षा १२ को परीक्षा केन्द्र निर्धारण भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण गरेको जनाएको हो ।

बोर्डले जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको जनाएको छ ।

परीक्षा केन्द्र विवरण बोर्डको वेभसाइटमा https://www.neb.gov.np मा हेर्न सकिन्छ ।

प्रतिक्रिया