निर्वाचन अपडेट : दिउँसाे दुई बजेसम्म देशभर ४१ प्रतिशत मत खस्यो

निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको जनाएको छ ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं.१७ बाहेकका सबै स्थानीय तहमा एकसाथ र्निवाचन भइरहेको छ । स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ । 

आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ । 

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: