सप्तरीमा मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान स्थगित, पुनः जेठ १ गते हुने सर्वदलीय निर्णय

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका – २ स्थित हिररबा माविको मतदानस्थलमा स्थगित भएको छ । मतदान अधिकृतमाथि कुटपिट हुँदा मतदान रोकिएकोमा पुनः सुरु हुने अवस्था नभएपछि मतदान जेठ १ गते हुने पालिकास्थित सर्वदलिय बैठकले निर्णय गरेको छ ।

मुख्य निर्वाचन अधिकृतसहितका अधिकारीको छलफलबाट जेठ १ गते मतदान गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार मतदान अधिकृतलाई एक महिलाले मत हाल्न दिएको, तर मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरु भएको थियो । लगत्तै एक समुहले महिलाले भनेको ठाउँमा किन नहालेको भन्दै मतदान अधिकृतमाथि कुटपिट गरेको थियो । मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

मतदान पुनः सुरु गर्न सकिने अवस्था नभएपछि स्थगित गरिएको र आज स्थगित भएको मतदान जेठ १ मा हुने सर्वदलिय बैठकले निर्णय गरेको हो । जिल्ला निर्वाचन कार्यालयले बैठकको निर्णय निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाउने र आयोगले सोही मितिलाई तय गरेपछि जेठ १ मै पुनः मतदान हुने गौतमले बताएका छन् ।

उनका अनुसार जेठ १ बाहेक यदि आयोगले नयाँ मिति तोके त्यसमै मतदान हुनेछ ।

प्रतिक्रिया
नागरिक मिरर