निर्वाचन अपडेट : मनाङको दुई वडामा मतगणना सकियो, प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

मनाङ । मनाङको चामे गाउँपालिकाका २ वटा वडाको मतगणना सकिएको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार वडा नं. १ र २ मा मतगणना सकिएको हो । यी दुई वडाका वडाध्यक्ष भने यसअघि नै निर्विरोध भएका थिए ।

अहिलेसम्मको विवरणअनुसार पालिका अध्यक्षमा एमालेका लोकेन्द्र घलेले १५२ मत ल्याएर अग्रता लिइरहेका छन् । कांग्रेसका छिरिङ दोर्जेले १३० मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकी आशाकुमारी गुरुङले १५४ मत र कांग्रेसकी मिङमार ढोमा लामाले १२९ मत लिएकी छन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: