बाजुरामा कर्फ्यू : अवस्था तनावग्रस्त

जिल्ला प्रशासन कार्यालय बाजुराले कर्फ्यू लगाएको छ । बुढीनन्दा नगरपालिका वडा नं. ७, ८, ९ र १० तथा बुढीगंगा नगरपालिका वडा नं. २, ३, ४, ५ र ९ मा राजनीतिक दलहरूबीच झडप हुने सम्भावना बढेको भन्दै कर्फ्यू लगाइएको हो ।

ती वडाका सम्पूर्ण क्षेत्रहरूमा आवत-जावत गर्न, भेला तथा जम्मा हुन, नाराबाजी गर्न र हिंसात्मक गतिविधि गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: