जनकपुरधाम उपमहानगरमा स्वतन्त्रको अग्रता
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा १०० मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएको छ ।
नेपाली काँग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले ३९ मत ल्याएर अग्रता लिएका छन् । १ नम्बर वडाको १०० मतगणना स्वतन्त्र उम्मेदवार बलराम महतोले १० मत प्राप्त गरेका छन्। त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले ७ मत ल्याएका छन्।
त्यसैगरी पाँच दलीय गठबन्धनको उम्मेदवार जसपाका लालकिशोर साहले ३, लोसपाका मनोजकुमार चौधरीले ३ र एमालेका शिवशंकर साहले ७ मत प्राप्त गरेका छन्।
यता उम्मेदवार नै नभए पनि कांग्रेसको रूख चिह्नमा ७ मत खसेको छ।
उपमेयरमा कांग्रेसका किशोरी साह ३५ मत ल्याएर अग्रता लिएका छन्। किशोरीलाई स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १० मत ल्याएर पछ्याइरहेका छन्।
त्यस्तै एमालेकी रुना झा ९, लोसपाकी रिताकुमारी मिश्रले ६ मत ल्याएकी छन्।