काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणना ९ बजेबाट सुरु गर्ने तयारी भएको छ । हिजो राति बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि तयारी नपुगेकाले केही समय ढिलो हुन भएको बताइएको छ ।

अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका प्रतिनिधिसँग अन्तिम छलफल भइरहेको छ । वडा नम्बर १ र ३२ बाट मतगणना सुरु गर्ने तयारी भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

बिभिन्न वुथबाट मतपेटिका ल्याउन ढिला भएको हुँदा हिजो राति सर्वदलिय बैठक बस्न ढिला भएको थियो । स्वतन्त्र उम्मेद्वारको प्रतिनिधि कति राख्ने भन्ने विषयमा केहि समय विवाद समेत भएको थियो । 
शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना देशैभरी चलिरहेको छ । केहि स्थानीय तहमा भने मतगणना अझै सुरु हुन सकेको छैन् । 

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: