लालझाडी–६ मा कांग्रेसका जोशी विजयी

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ ।

लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएको छ । नवनिर्वाचित वडाध्यक्ष जोशीले ४६४, चौधरीले ३४९ र एमालेका उम्मेदवार जीतबहादुर चौधरीले २६६ मत प्राप्त गरेको छ ।

यसैगरी बेलौरी नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार ८८३ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र) का नगरप्रमुख पदका उम्मेदवार पोतिलाल चौधरीले ३८९, कांग्रेसका हरेन्द्रसिंह विष्टले २४९ र एमालेका कमला बोहराले २४५ मत प्राप्त गरेको छ । मतगणना भइरहेका अन्य पालिकाको मतपरिणाम आउन बाँकी छ ।

प्रतिक्रिया
नागरिक मिरर