राप्ती गाउँपालिका–९ मा माओवादीका मगर विजयी

काठमाडौं । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र) ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएको छ । ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेको थियो ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेको थियो । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएको थियो । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।

प्रतिक्रिया
नागरिक मिरर