कडा सुरक्षा बिच भरतपुरमा मतगणना सुरु, १२ गणना हुदा ३ रेणु

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना कडा सुरक्षाबिच सुरु भएको छ । भरतपुरमा महानगरपालिका-१० को चितवन उद्याेग वाणिज्य संघको प्रर्दशनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना जारी छ ।

सुरु भएसँगै १२ मतगणना हुदा गठबन्धनकि रेणु दाहालले ३ मत प्राप्त गरेकि छन् । त्यस्तै ४ मत बदर भएको छ ।


भरतपुर महानगरपालिकामा २९ वडा मध्ये वडा १ बाट मतगणना सुरु भएको छ । अहिले एउटा गणक टोलीबाट सुरु गरिए पनि आवश्यकताअनुसार मतगणना आठ स्थानबाट गर्ने तयारी छ ।

एक घण्टामा ५ सय मत गणना गर्ने गरी जनशक्तिको व्यवस्थापन गरिएको निर्वाचन कार्यालय चितवनले बताएको छ । मतगणनास्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । भरतपुरमा १ लाख ८५ हजार ७५२ मतदाता रहेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: