नेपालगञ्ज उपमहानगरमा कांग्रेसको अग्रता

स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार प्रशान्त विष्टले ७९ मत प्राप्त गरी अग्रता लिनुभएको छ । नेकपा ९एमाले०का पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गर्नुभएको छ ।

नगर उपप्रमुखमा जनता समाजवादी पार्टी ९जसपा०का कमरुद्धिन राईले ६८, एमालेका शान्ति ढकालले २६ र राप्रपाकी विन्दु चर्तीमगरले ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो ।

बाँकेको बैजनाथ र नरैनापुर गाउँपालिकामा कांग्रेस, खजुरा गाउँपालिका र राप्ती सोनारीमा एमाले र कोहलपुर नगरपालिकामा नेकपा ९माओवादी केन्द्र०ले अग्रता लिएको जनाइएको छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: