अस्ट्रेलियाका पूर्व क्रिकेटर एन्ड्रयू साइमन्ड्सको निधन

एजेन्सी । अस्ट्रेलियाका पूर्व क्रिकेटर एन्ड्रयू साइमन्ड्सको निधन भएको छ ।

विश्व क्रिकेट जगतमा प्रसिद्धि कमाएका अलराण्डर साइमन्ड्सको शनिवार राति कार एक्सिडेन्टमा निधन भएको हो ।

४६ वर्षका साइमन्ड्सले अस्ट्रेलियालाई सन् २००३ मा क्रिकेटको वर्ल्ड दिलाउनका लागि पनि मूख्य भूमिका निर्वाह गरेका थिए ।

आईसीसीका अनुसार, साइमन्ड्स एक्लै गाडी चलाउँदै थिए र दुर्घटना हुँदा घटनास्थलमै उनको निधन भयो । तर, अहिले फरेन्सिक जाँच भइरहेको छ ।

दाहिने हातका ब्याट्सम्यान साइमन्ड्सले २६ टेस्टमा अस्ट्रेलियाको प्रतिनिधित्व गरेका थिए ।

सन् १९९८ बाट खेल्न सुरु गरेका उनले सन् २०१२ मा सन्यासको घोषणा गरेका थिए । यसै वर्षको मार्च महिनामा दिग्गज स्पिनर शेन वार्नको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया