क्षीरेश्वरनाथ नगरपालिकामा काँग्रेसका पजियार ४९२ मतका साथ अग्रस्थानमा

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ । उनले ४९२ मत ल्याएर अग्रस्थानमा रहेको छ ।

नगरपालिकाको वडा नं.५ स्थित क्षीरेश्वर मा.वि.मा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुखदेव यादवले ३७६ मत प्राप्त गरेका छन्।

वडा नं ७ बाट मतगणना सुरू भएको मा ११२६ मतगणना भएको छ ।

त्यस्तै उपमेयरमा समेत काँग्रेसको रचना श्रेष्ठ(माथेमा) ले ४८८ मतका साथ अग्रस्थानमा छ भने नेकपा एमालेको सालनी चौधरी ३३८ मत प्राप्त गरेकी छिन् ।

वडा अध्यक्षमा काँग्रेस ५०३ , एमालेको २४२ र स्वतन्त्र भुईकटर छापको २१८ मत प्राप्त गरेको अवस्था रहेको छ ।

अब यस वाडमा करिब ४ मतगणना हुँन बाँकी रहेको जनाईएको छ ।

प्रतिक्रिया