बर्दिबासमा स्वतन्त्र उमेदवार क्षेत्रीको अग्रता

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उमेदवार प्रल्हादकुमार क्षेत्रीको अग्रता देखिएको छ ।

अहिलेसम्म ३ हजार ६९३ मतगणना हुँदा उनी १ हजार ५५४ मत ल्याएर अग्रस्थानमा छन् ।

नेकपा (माओवादी केन्द्र)का उमेदवार राजु खड्काले १ हजार १९५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा (एमाले)का उमेदवार टेकबहादुर बलम्पाकीले ८३३ मत पाएका छन् ।

नेपाली कांग्रेसका आधिकारिक उमेदवार चिरञ्जीवी हमालले ५४ मत मात्र ल्याएका छन् ।

नेपाली कांग्रेसका नेता क्षेत्री पार्टीले टिकट नदिएपछि स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया