विवाद पछि भरतपुरमा मतगणना रोकियो

भरतपुर । चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ ।

मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले मत बदर गरेपछि विवाद उत्पन्न हुँदा मतगणना रोकिएको हो ।

एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि विरोध जनाएको एमालेले बताएको छ ।

भरतपुरमा अहिलेसम्म ४ हजार ८ सय ७७ मत गणना भइसकेको छ ।

प्रतिक्रिया