विवाद समाधान पछि भरतपुरमा मतगणना सुरु

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवाद समाधान पछि मतगणना सुरु भएको छ ।

मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति पछि मतगणना सुरु भएको हो ।

यसअघि मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले मत बदर गरेपछि विवाद उत्पन्न भएको थियो ।

मतगणना लगभग १५–२० मिनेट रोकिएपछि अहिले पुनः गणना थालिएको छ ।

प्रतिक्रिया