जनकपुरधाम उपमहानगरपालिका ३ बाट तमलोपाको विजयी सुरुवात

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले विजयी सुरुवात गरेको छ ।

वडा नम्बर ३ मा वडाध्यक्ष जित्दै तमलोपाले विजयी सुरुवात गरेको हो ।

तमलोपाका दीपेन्द्र साह २७६ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिलाल दासले २५९ मत ल्याए।

साह २०७४ को निर्वाचनमा पनि तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राजपा) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया
नागरिक मिरर