भक्तपुरको मेयरमा झन्डै ९ गुणा मतान्तरले सुनिल प्रजापति निर्वाचित

भक्तपुर । भक्तपुरको मेयरमा सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन् ।

उनले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३५२ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम् प्रतिष्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ७८४ मत पाएकी छन्।

प्रतिक्रिया