काठमाडौंमा ७ स्थानबाट मतगणना गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकामा ७ स्थानबाट मतगणना गरिने भएको छ । मतगणना सुस्त भएपछि मतगणनास्थल थप्न लागिएको हो ।

यसअघि ५ स्थानबाट मतगणना गरिदै आएको थियो । मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए ।

हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ । वडा नम्बर १ र वडा नम्बर २ को अन्तिम परिणाम सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया