हालसम्म १३ हजार ५८२ जना उम्मेदवार निर्वाचित

काठमाडौं । हालसम्म १३ हजार ५८२ जना उम्मेदवार निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलनमा १३ हजार ५८२ जना उम्मेदवार निर्वाचित भएको जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १३० पालिकामा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको बताए ।

उनका अनुसार सोमबार दिउँसो ३ः ३० बजेको विवरणअनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाध्यक्ष २ हजार ६७९ सदस्य ५ हजार ३१८ , महिला सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ गरी कुल १३ हजार ५८२ जना उम्मेदवार निर्विरोधसमेत गरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया