भरतपुरमा १४ हजार बढी मत गन्दा विजयको अग्रता कायमै
भरतपुर । भरतपुर महानगरमा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म १४ हजार ३० मत गणना गर्दा सुवेदीले ४ हजार ७५७ मत पाएका छन् ।
सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले भने ४ हजार ७०३ मत पाएकी छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले २ हजार १३१ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ५९५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरूङले ३ हजार ७८९ मत पाएकी छन् ।
प्रतिक्रिया