वीरगञ्ज महानगर : फराकिलो मतअन्तरले अग्रता बनाउँदै राजेशमान, सरावगी भन्दा २८२६ मतले अगाडि

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले थप फराकिलो मतअन्तर बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ८२६ मतले अगाडि छन् ।

कुल १० हजार ४८१ मत गणना हुँदासम्ममा सिंहले ५ हजार १३२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २ हजार ३०६ मत ल्याएका छन् । तयस्तै राप्रपाका गिरिश गिरीले १५३ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार ३५९ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ५४९ मत पाएका छन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: