३ हजार ७ सय ७८ मतअन्तरले बालेनको अग्रता कायम (हेर्नुस् पछिल्लो साँझ ७:४० को अपडेट)

काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन साहको अग्रता फराकिलो बन्दै गएको छ । उनले एमालेका प्रतिस्पर्धी केशव स्थापितलाई ३ हजार ७ सय ७८ मतले अगाडि बढेका छन् ।

साँझ ७ः४० को तथ्यांक अनुसार बालेन साहले ८ हजार ३७ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ४ हजार २ सय ५९ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ३ हजार ७ सय ३ मत प्राप्त गरेकी छन् ।

यो संगै बालेनको अग्रताले बालेनको मतअन्तर थप बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
नागरिक मिरर