काठमाडौंको तारकेश्वरमा नेपाली कांग्रेसको जित

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले जितेको छ ।

कांग्रेस उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार ९८८ मत ल्याएर मेयर जितेका हुन् । उनले नेकपा एमालेका रामेश्वर बोहरालाई पराजित गरेका छन् । बोहराले ७ हजार ८०८ मत ल्याएका थिए ।

उपमेयरमा सृजना बुर्लाकोटीले जितेकी छन् । उनले १० हजार ७८६ मत ल्याएकी छिन् भने एमालेकी भवानी डोटेलले ८ हजार ६ मत ल्याएकी थिइन् ।

०७४ मा तारकेश्वरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको थियो।

प्रतिक्रिया