धनुषाको क्षीरेश्वरनाथको मतगणना स्थगित, पुनः मतगणना हुनुपर्ने भन्दै प्रदर्शन

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकाे मत गणनामा विवाद हुँदा मतगणना स्थगित भएको छ।

क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मा.वि. (ङ)मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले माग गर्दै आन्दोलित भएका छ्न । उनिहरुले अफ्नो उम्मेदवार १ मतले विजयी भएपनी निर्वाचन अधिकृतले पक्षपात गरेर काँग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाएका छन् । उनिहरुको अनुसार एमालेको उम्मेदवार १ मतले विजायी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने माग राखेका छन् ।

यता कांग्रेसले मतगणना निस्पक्ष भएको र हाम्रो उम्मेदवार विजयी घोषित हुनुपर्ने अडान राखेको छ । यसै दुईपक्षीय अडानको कारण मतगणनास्थल तनावग्रस्त बनेको छ ।

एमालेका नेता वडा नं.५ को उम्मेदवार राजनारायण प्रसाद गुप्ता(राजु) ले भने,-‘ठिक छ काँग्रेसले नै जितेपनी विवाद भएको ठाउँबाट पुनः मतगणना गरिनुपर्ने हाम्रो माग छ, हामीलाई चित्त बुझाउनु निर्वाचन आयोगको दायित्व पनि हो त्यसैले मतगणना एकपटक फेरि हुनुपर्छ ।’

त्यस्तै कांग्रेसका वडा नं.५ का उम्मेदवार जीवछ मण्डलले भने,-‘हामी कानुन बमोजिम निर्वाचन आयोगले भनेको मान्न तयार छौं हाम्रो कुनै अडान छैन नियमनुसार आयोगको निर्णयको प्रतीक्षामा छौं।’

क्षीरेश्वनाथ नगरपालिकाको निर्वाचन अधिकृत विकास बस्नेतले दुबै पक्षलाई छलफलसँग छलफलको वातावरण बनाईरहेको बताएका छ्न । उनले दुबै पक्षलाई छलफलमा राखी सहमतिमा कानून अनुसार गरिने बताए ।

यता मतगणनास्थलको अवस्था तनावग्रस्त छन् भने सुरक्षा व्यस्था पूर्ण रुपमा कडा गरिएको छ । अहिले व्यापक रूपमा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: