भरतपुरमा मतान्तर बढाउँदै रेनु
भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् ।
अहिलेसम्म २६ हजार २६ मत गनिसक्दा रेनुले ९ हजार ३६३ मत पाएकी छन् भने प्रतिस्पर्धी विजय सुवेदीले ८ हजार १९ मत पाएका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १९१ मत पाएका छन्।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ११ हजार १३६ मतसहित पहिलो स्थानमा छन् । उनलाई राप्रपाकी हिमला गुरूङले ६ हजार ५३५ मत ल्याएर पछ्याइरहेकी छन्।
प्रतिक्रिया