सर्लाहीको विष्णु गाउँपालिका अध्यक्षमा पुनः यादव विजयी

जनकपुरधाम । सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसको जवाहरलाल यादव पुनः निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा यादवले ३२११ मत प्राप्त गरी विजयी भएको छ ।

उनका निकटतम प्रतिद्धन्दी जनता समादवादी पार्टीका विजय कुमार यादवले ३०८० मत प्राप्त गरेका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि नेपाली काँग्रेस विजयी भएको छ । उपाध्यक्षमा उषा देवीले २९४९ मत प्राप्त गरी वियजी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका सुनिता देवी जयसबाल २४७० मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया
नागरिक मिरर