बारामा वैशाख ३० गते रद्द भएको निर्वाचन आज हुँदै

बारा । बारामा वैशाख ३० गते रद्द भएको स्थानीय तहको निर्वाचन आज हुँदै छ ।

जिल्लाको पचरौता नगरपालिकामा रद्द भएको चारवटा मतदान केन्द्रको मतदान शुरु भएको मुख्य निर्वाचन कार्यलयले जनाएको छ ।

चरौता नगरपालिका वडा नम्बर २ स्थित बरगाछी मतदान केन्द्र र श्रीनगर प्रा वि मतदान केन्द्र तथा वडा नम्बर ४ स्थित नेरामावि बेल्दारीको क र ख गरी चारवटा मतदान केन्द्रमा मतदान भैरहेको छ ।

मतदानको लागि आज बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ ।

प्रतिक्रिया